२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

970
Shares

काठमाडौँ- प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा काठमाडौँको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु भई सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.७० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी, सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी अनुमोदन गरिएको कम्पनीले जनाएको छ।

सभामा कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले प्रस्तुत मन्तव्यमा कम्पनीले दीर्घकालीन रणनीतिअनुसार व्यवसाय विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र प्रविधिमैत्री सेवा विस्तारमा जोड दिएको उल्लेख गरेका थिए। साथै, बीमा क्षेत्रमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद कम्पनीले सन्तोषजनक प्रगति हासिल गरेको पनि जानकारी गराइएको छ।

उनले भने, “चुनौतीपूर्ण बीमा बजारका बाबजुद कम्पनीले सन्तोषजनक प्रगति हासिल गरेको छ। आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै व्यवसायलाई अझ सुदृढ बनाउँदै लैजानेछौँ।”

कम्पनीले आगामी दिनमा सेवा विस्तार, ग्राहक सन्तुष्टि अभिवृद्धि तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij