२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री एयरलाइन्सलाई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति

श्री एयरलाइन्सलाई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति

575
Shares

काठमाडौँ- श्री एयरलाइन्सले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट प्रदान गरेसँगै दक्षिण एसियाली क्षेत्रतर्फ उडान विस्तारको बाटो खुलेको हो।

कम्पनीले प्रारम्भिक चरणमा भारतका नयाँदिल्ली र कोलकाता तथा बङ्गलादेशसँग नियमित उडान सञ्चालन गर्ने लक्ष्य राखेको छ। व्यावसायिक उडान सुरु गर्नुअघि भने सम्बन्धित देशका नियामक निकायहरूसँग आवश्यक द्विपक्षीय सहमति र प्राविधिक स्वीकृति लिनुपर्ने हुन्छ। यसका लागि परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

कम्पनीका अनुसार सुरुवाती उडानहरू ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यु–४०० जहाजमार्फत सञ्चालन गरिनेछ। यात्रु मागको मूल्याङ्कन गर्दै उडान आवृत्ति क्रमशः बढाइने योजना छ।

श्री एयरलाइन्सले आगामी चरणमा मध्यम दूरीका अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै दुबई, कतार र मलेसियासम्म सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत सार्वजनिक गरेको छ। यसका लागि कम्पनीले ठूलो क्षमताको न्यारोबडी जहाज भित्र्याउने तयारी गरिरहेको जनाएको छ।

हाल कम्पनीसँग नौ वटा जहाज र सात वटा हेलिकोप्टर गरी १६ वटा वायुयान छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij