जनकपुरधाम – यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व संकलन गरेको छ ।
चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार संकलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।
हालसम्म आयकर बापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत रु तीन करोड १८ लाख ९९ हजार , व्याजबापत रु छ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिक बापत रु ८१ करोड ९४ लाख २० हजार, अन्त:शुल्कबापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत रु तीन लाख १० हजार, शिक्षाकरवापत रु एक हजार तथा अन्य बापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व संकलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले रु चार करोड ३० लाख दाखिला गरेका बताए। आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij