काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ उपसूचक घटेको छ भने ५ उपसूचकमा मात्रै हरियाली आएको छ। बुधबार १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने १३८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij