२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया सुरु, भट्टको संयोजकत्वमा समिति गठन

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया सुरु, भट्टको संयोजकत्वमा समिति गठन

920
Shares

काठमाडाैं –सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि प्रक्रिया अघि बढाएको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यक्ष सिफारिस समितिको संयोजकमा डा. गुणाकर भट्ट लाई तोकिएको छ। उहाँ राष्ट्रिय योजना आयोग का उपाध्यक्ष हुनुहुन्छ।

समितिका सदस्यहरूमा घनश्याम उपाध्याय (अर्थ सचिव) र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहने छन्।

समितिले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरी उनीहरूको व्यावसायिक कार्य योजना र अन्तर्वार्ताका आधारमा उपयुक्त नामहरू छनोट गरी सरकारलाई सिफारिस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij