काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९१ अकंले घटेर २८०७.३१ बिन्दुमा कायम भएको छ । आ ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको शेयर मूल्य मात्रै १.१६ प्रतिशतले बढेको हो । फाइनान्स समूहको १.०९ प्रतिशत र हाइड्रोपावर समूहको १.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
मंगलबार ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेकोछ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij