काठमाडौं– नेपाली बजारमा बैशाख ८ गते मंगलबार, सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij