काठमाडौं – स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त शेयर चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो।
उक्त शेयरमध्ये आधा (४ लाख ६८ हजार ७५० कित्ता) ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीयलाई र बाँकी आधा (४ लाख ६८ हजार ७५० कित्ता) अन्य प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको थियो।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले वैशाख ७ गते सोमबार आईपीओ बाँडफाँड गरेको हो। बाँडफाँडमा शेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij