२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोनेपेको सिइओमा पुनः दिवस कुमार नियुक्त

फोनेपेको सिइओमा पुनः दिवस कुमार नियुक्त

825
Shares

काठमाडौं- फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ।

यससँगै संस्थागत नेतृत्वको निरन्तरता अझ सुदृढ भएको कम्पनीले जनाएको छ।

दिवस कुमार सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन् र बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढी अनुभव राख्छन्।

उनले फोनेपेको प्रारम्भिक टोलीका सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृत (सिटिओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए।

सन् २०२१ मा सिइओको जिम्मेवारी सम्हालेपछि उनको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ।

उनको कार्यकालमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij