२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मध्यपूर्वका देशमा श्रम स्वीकृति पुन: खुला

मध्यपूर्वका देशमा श्रम स्वीकृति पुन: खुला

665
Shares

काठमाडौं – मध्यपूर्वी क्षेत्रमा अस्थायी रूपमा श्रम स्वीकृतिमा लगाइएको रोक पुनः खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल लगायतका देशमा जाने श्रमिकका लागि सबै प्रकारका श्रम स्वीकृति पुनः पूर्ववत रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि २०८२ फागुन १७ गते मन्त्रीस्तरबाट गरिएको निर्णयअनुसार ती देशहरूमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणमार्फत दिइने श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरिएको थियो।

नयाँ निर्णयअनुसार ती सबै देशका लागि अब पुनः श्रम स्वीकृति खुला गरिएको छ भने इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय यथावत लागु हुने जनाइएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएका बखत उक्तको सक्कल र फोटोकपिसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने व्यवस्था यसअघिको निर्णयमा गरिएको थियो।

मन्त्रालयले सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij