२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैदेशिक व्यापार: नौ महिनामा १२ खर्बभन्दा बढी नोक्सानी

वैदेशिक व्यापार: नौ महिनामा १२ खर्बभन्दा बढी नोक्सानी

830
Shares

काठमाडौँ – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि व्यापार घाटा उच्च स्तरमै पुगेको छ।

साउनदेखि चैत्रसम्मको अवधिमा कुल वैदेशिक कारोबार करिब १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४.४० प्रतिशतले बढी हो।

उक्त अवधिमा व्यापार असन्तुलन बढ्दै जाँदा नेपालले करिब १२ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो।

आयाततर्फ करिब १४ खर्ब ९० अर्ब रुपैयाँ बराबरका वस्तु भित्रिएका छन्, जसमा अघिल्लो वर्षको तुलनामा करिब १३.८२ प्रतिशतको वृद्धि देखिएको छ।

त्यसैगरी निर्याततर्फ करिब २ खर्ब २२ अर्ब रुपैयाँ बराबरका वस्तु तथा सेवा बाहिरिएका छन्। निर्यातमा करिब १८.४६ प्रतिशतले सुधार देखिए पनि आयातको उच्च दरका कारण व्यापार घाटा घट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij