२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब २० करोडमाथि कारोबार गर्नेलाई विद्युतीय बिल अनिवार्य

अब २० करोडमाथि कारोबार गर्नेलाई विद्युतीय बिल अनिवार्य

685
Shares

काठमाडौं – अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि यस्तो व्यवस्था थियो ।

विभागले जारी गरेको नयाँ सूचनामा भनिएको छ- कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार रु. २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ ।

सो बीजक जारी गर्दाकै बखत विभागको केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गर्ने विभागको गएको चैत्र २७ गतेको निर्णय हो । उक्त निर्णय कार्यान्वयन गर्न/गराउन सम्बन्धित सरोकारवाला करदाता तथा कार्यालयहरूलाई विभागले निर्देशन जारी गरेको हो ।

विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनीहरू अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (सीबीएमएस) मा आबद्ध हुनुपर्नेछ । यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij