२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड

965
Shares

काठमाडौं -याम्बालिङ हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि चैत २३ गतेसम्म आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ हजार ७०९ जनाले यस कम्पनीको ६ लाख ९६ हजार ४२० कित्ता सेयर पाएका छन् । १० कित्तादेखि ७७० कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले मागेजति नै सेयर पाएका छन् ।

यस्तै, ८०० देखि ७ हजार कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले ७८० कित्ता सेयर पाएका छन् । ७ लाखमध्ये बाँकी रहेको ३ हजार ५८० कित्ता सेयर ८०० देखि ७ हजार कित्तासम्म माग गरेर आवेदन दिएकामध्ये ३५८ जनालाई थप १०/१० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले २०८२ चैत्र ८ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij