काठमाडौं– नेपाली बजारमा बैंशाख ६ गते आईतबार सुनचाँदीको बढेको छ । आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij