२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगन्जमा एकाबिहानै चल्यो डोजर

वीरगन्जमा एकाबिहानै चल्यो डोजर

840
Shares

पर्सा – वीरगन्जमा आइतबार बिहानै डोजर चलेको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घर टहरामा डोजर चलाइएको हो ।
गण्डक चोकदेखि वीरगञ्ज रक्सौल सीमामा पर्ने मितेरी पुलसम्म सडक विस्तारका लागि संरचनाहरू भत्काइने बताइएको छ। आज बिहान घन्टाघर क्षेत्रमा डोजर चलाइएको छ।

आइतबार बिहान साढे ४ बजेदेखि वीरगञ्जमा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएको संरचनामा डोजर चलाइएको हो।

सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij