२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से परिसूचक ५.३६ अंकले बढ्यो

नेप्से परिसूचक ५.३६ अंकले बढ्यो

1.1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३६ अकंले बढेर २८३८.४० बिन्दुमा कायम भएको छ । ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.३८ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

शुक्रबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावर कम्पनीको ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij