२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड

835
Shares

काठमाडौं– टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फागुन २७ गतेदेखि चैत्र १ गतेसम्म ३ लाख ३ हजार ६७ कित्ता शेयर निष्काशन गरेको थियो। बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस निष्काशनमा ८५ हजार २ सय १८ जनाको आवेदन परेको छ । जस मध्ये ७६ हजार २ सय ८९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ३० हजार ३ सय ६ जनाले शेयर पाएका छन् । शेयर पाएका मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने अरुले १० कित्ताको दरले शेयर पाएका छन् ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा १३ हजार ५ सय ३६ जनाको आवेदन परेको थियो। जस मध्ये १३ हजार ४ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।

स्थानीयतर्फ ९० कित्तासम्म आवेदन दिनेले माग गरे बमोजिम कै शेयर पाएका छन् । १०० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिनेले पनि ९० कित्ता नै शेयर पाएका छन् । शेयर पाउने मध्ये गोलाप्रथाबाट ५ हजार ३ सय ३३ जनाले थप १० कित्ता शेयर पाएका छन्। यसरी स्थानीयले अधिकतम १०० कित्तासम्म शेयर पाएका छन् ।

यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij