२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

855
Shares

काठमाडौं -मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्। बैंक बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले मानन्धरलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आउँदो जेठ १ गतेबाट लागू हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ।

हाल उनी डिस मिडिया नेटवर्कको सीईओ छन् । उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीइओ भएका हुन् । अब फेरि उनी बैंकिंङ क्षेत्र मै फर्किन लागेका हुन्। उनीसँग बैंकिंङ क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ।

हाल मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल रहेका छन्। उनको कार्यकाल यही वैशाख मसान्तबाट सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij