काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ। बुब बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेले ती कम्पनीसँग सम्झौता गरेको हो। यसरी सम्झौत गर्ने कम्पनीहरुमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेडबीच समझदारी भएको हो ।
बुक बिल्डिङ विधिमार्फत नर्भिक इन्टरनेसनल हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij