२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माउण्ट एभरेष्ट पावरले पायो आईपीओ निष्काशन अनुमति

माउण्ट एभरेष्ट पावरले पायो आईपीओ निष्काशन अनुमति

1.2K
Shares

काठमाडौं – माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। शेयर निष्काशनको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडले बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij