काठमाडौं- सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij