काठमाडौं – नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै नयाँ सुविधा तथा सेवा विस्तारसम्बन्धी काम गर्दै आएको छ । कम्पनीले देशभर दूरसञ्चार सेवा थप प्रभावकारी, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएको जनाएको छ।
अहिले नेपालीको पहिलो रोजाई नेपाल टेलिकम रहेको छ । पछिल्लो समय फाइबर इन्टरनेट सेवाले सेवाग्राहीको मन जितेको छ ।
टेलिकमका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको छ। हालसम्म सेवा नपुगेका स्थानहरूमा टावर निर्माण, फोरजी सेवा विस्तार तथा इन्टरनेटको गति वृद्धि गर्न विशेष योजना कार्यान्वयनमा ल्याइएको कम्पनीले जनाएको छ।
त्यसैगरी, सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै डेटा प्याकेज, भ्वाइस सेवा तथा एसएमएस सेवामा आकर्षक अफरहरू समेत सार्वजनिक गरिएको छ। डिजिटल नेपालको अवधारणालाई साकार पार्न अनलाइन सेवा, मोबाइल एपमार्फत बिल भुक्तानी, रिचार्ज तथा अन्य सेवाहरूलाई अझ सहज बनाइएको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले सेवाग्राहीलाई कुनै समस्या परेमा नजिकको सेवा केन्द्रमा सम्पर्क गर्न वा ग्राहक सेवा नम्बरमार्फत जानकारी लिन अनुरोध गरेको छ। साथै, सेवा सुधारका लागि प्राप्त सुझाव तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने जनाएको छ।
तिब्र गतिमा बढेको प्रविधिलाई नेपाल टेलिकमले आत्मसाथ गरेको छ । नेपाल टेलिकमले आगामी दिनमा अझ आधुनिक प्रविधि भित्र्याउँदै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
विभिन्न चाढपर्वको अवसरमा ल्याएको विभिन्न अफर तथा सुविधाहरुले पनि सेवाग्राहीको मन जितेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij