काठमाडौँ – चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले आईपीओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ । साधारण सभाले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र ६ जना सञ्चालक निर्विरोध चयन गरिएको हो ।
सभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ । निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्।
होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij