काठमाडौं– सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ८६ ५६५.१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।
शेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij