२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागढुंगा सुरुङमार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक

नागढुंगा सुरुङमार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक

1.2K
Shares

काठमाडौँ -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो ।

जसअनुसार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु ६० तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि रु. ११५ र बाहिरिँदा रु. ८० तथा बस, ट्रक (सिंगल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ ।

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा र ६०० र बाहिरिँदा रु. २५० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij