२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

1.1K
Shares

काठमाडौं- सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij