२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १०५.५० अंकले घट्यो

नेप्से परिसूचक १०५.५० अंकले घट्यो

1.1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अकंले घटेर २६७६.६८ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको ४.३२ प्रतिशत, फाइनान्स समूहको ३.९४ प्रतिशत, होटल तथा प्रर्यटन समूहको ३.०४ प्रतिशत, हाइड्रोपावर समूहको ४.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार २६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मात्रै बढेको हो ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij