काठमाडौं– हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४०,००,००,०००÷— रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
उक्त शेयर निष्काशनका लागि हिलोरा हिल्स रिसोर्ट लिमिटेडको तर्फवाट संचालक ई.श्री दिप विक्रम विष्ट तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा मिति २०८२ चैत्र १९ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको, काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने र पहाडहरुको बीचमा अलौकिक तरिकाबाट निर्माण भएको भक्तपुरमा स्थित हिलोरा हिल्स रिसोर्ट हो । सो हिलोरा हिल्स रिसोर्ट लिमिटेडमा १०० वटा भन्दा बढी राम्ररी सजिएका कोठाहरू र सो कोठाहरुबाट फरक समयमा फरक प्राकृतिक दृश्य देखिने गरी निर्माण गरिएको, स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिंग पूल र पिकनिक स्पट रहेका छन् । रिसोर्टले १५०० देखि २००० व्यक्तिहरुका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम संचालनका लागि समेत यो रिसोर्ट उपयुक्त रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij