काठमाडौं– बारा जिल्ला सिमरा स्थित पाँच तारे होटेल, होटल इक्षा लिमिटेड र चर्चित अन्तरराष्ट्रिय ब्राण्ड, लेमन ट्री बिचमा होटलको व्यवस्थापन लिने दिने सम्बन्धमा सम्झौता भएको छ।
मित्र राष्ट्र भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा होटल इक्षा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक मुनसन वाग्ले तथा लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका थिए।
उक्त सम्झौता सम्पन्न भएपछि अब होटल इक्षा लिमिटेड, लेमन ट्री होटलका रुपमा चिनिने बताइएको छ। होटलको व्यवस्थापन लेमन ट्रीले लिएपछि यसले प्रदान गर्ने सेवा, सुबिधा र व्यापार अन्तरराष्ट्रिय मापदण्डको हुने विश्वास गरिएको छ। सम्झौता कार्यक्रममा होटेल इक्षा लिमिटेडका सञ्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij