२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.2K
Shares

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरीएको हो ।

शेयर खरिद गर्ने चाहने जो कोहि पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २०गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij