काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित जित हासिल गरेका हुन् । लामाले ४१३ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको दोस्रो महत्वपूर्ण पद आफ्नो पक्षमा पारे ।
त्यसैगरी, महासचिवमा शिवहरि घिमिरे विजयी भएका छन् । घिमिरेले ५२७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी बलिभद्र रानालाई पराजित गरे । रानाले ३८० मत प्राप्त गरे ।
यसैगरी, नीतिगत उपमहासचिवमा मंगल शाही तथा आन्तरिक उपमहासचिवमा सन्तोस शाह निर्वाचित भएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij