२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चालु खाता ५ खर्ब ५२ अर्ब बचतमा

चालु खाता ५ खर्ब ५२ अर्ब बचतमा

800
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को आठ महिना (फागुनसम्म) को तथ्याङ्कले देशको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ बनेको देखाएको छ। समीक्षा अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै उच्च बचतमा रहेर अर्थतन्त्रलाई सकारात्मक आधार प्रदान गरेका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९७ अर्ब ३ करोड रुपैयाँ मात्र बचतमा थियो। अमेरिकी डलरमा पनि चालु खाता उल्लेखनीय रूपमा सुधार हुँदै ३ अर्ब ८८ करोड बचतमा पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो बचत १ अर्ब ४६ करोड मात्र थियो।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ४१ करोडको तुलनामा उल्लेख्य वृद्धि हो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी एफडीआई–इक्विटी) पनि बढेर १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको ८ अर्ब ४७ करोडको तुलनामा सुधार देखिएको छ।

सबैभन्दा महत्वपूर्ण सूचकका रूपमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३१० अर्ब ३७ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति ४ अर्ब ६१ करोड बचतमा पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब २९ करोड थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij