२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेमिट्यान्स कम्पनीको पूँजी वृद्धिको समय सीमा थपियो

रेमिट्यान्स कम्पनीको पूँजी वृद्धिको समय सीमा थपियो

670
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २ वर्षको अवधि थप गरिदिएको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ मा दोस्रो संशोधन गर्दै समय थप गरिदिएको हो।

अब कम्पनीहरुले २०८७ असारमसान्तसम्म तोकिएको पुँजी पुर्याउन सक्ने छन् । यस अघि पुँजी पुर्याउनु पर्ने समय २०८५ असारमसान्तसम्म माता थियो।  बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को संशोधन जारी गर्दै न्यूनत्तम २५ करोड रूपैयाँ चुक्ता पूँजी २०८७ असार मसान्त सम्ममा पुयाउनु पर्ने गरी समय सीमा थपेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij