२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१४ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा

१४ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा

1.1K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । पूँजीकोष न्यून राख्ने, बचतमा तोकिएभन्दा कम ब्याजदर दिने तथा विवरण नपठाउने जस्ता कारणले कारबाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार आठ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष तोकिएकोभन्दा कम रहेको छ । नियमानुसार लघुवित्तहरूले कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । यसअनुसार संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाको पूँजीकोष न्यून रहेको छ । उक्त संस्था समस्याग्रस्त घोषणा भई फुकुवा प्रक्रियामा रहेको छ ।

त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्था पनि न्यून पूँजीकोषका कारण कारबाहीमा परेका छन् । साथै फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त र मातृभूमि लघुवित्त वित्तीय संस्था लाई पूँजीकोष सुधार गर्न निर्देशन दिइएको छ ।

बचतकर्तालाई न्यून ब्याजदर दिने संस्थामा कालिका लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन् । नियमअनुसार कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत बचतमा ब्याज दिनुपर्ने हुन्छ ।

सुपरीवेक्षकीय सूचना प्रणालीमा विवरण नपठाउने संस्थामा अभियान लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र संजीवनी ९सुपर० लघुवित्त वित्तीय संस्था रहेका छन् भने श्रृजनशील लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ले न्यून विवरण मात्र पठाएका छन् ।

२०८२ पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ९।९९ प्रतिशत पुगेको छ । सो अवधिसम्म ३३ अर्ब ४० करोड रुपैयाँ बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरिएको छ, जुन कुल कर्जाको ६।६३ प्रतिशत हो ।

राष्ट्र बैंकका अनुसार सबै लघुवित्त संस्थाले कृषि क्षेत्रमा अनिवार्य कर्जा प्रवाहको व्यवस्था भने पालना गरेका छन् । तर पूँजी, ब्याजदर र विवरण व्यवस्थापनमा कमजोरी देखिएकाले सुधार गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij