२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

थ्रिजी सेवा हटाउँदै नेपाल टेलिकम, फोरजीमा रूपान्तरणको तयारी

थ्रिजी सेवा हटाउँदै नेपाल टेलिकम, फोरजीमा रूपान्तरणको तयारी

605
Shares

काठमाडौं– नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यस अनुसार थ्रीजी सिम प्रयोग गरिरहनु भएका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ ।

सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन् । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सकिनेछ ।

नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ ।

यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवा समेत सहजै सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij