काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अकंले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन वाणिज्य बैंक समूहको २.३१ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१२ प्रतिशतले शेयर मूल्य घटेको छ । १३ वटै उपसूचक राताम्य देखिएको हो ।
बुधबार १३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij