काठमाडौं -साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्न आयोगबाट पूर्व स्वीकृति पाउनु पर्ने व्यवस्था बमोजिम निवेदन दिएकोमा चैत १७ गते अनुमति प्राप्त गरेको हो।
कम्पनीले चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन पूर्व स्वीकृतिका लागि चैत ९ गते निवेदन दिएको थियो। उक्त निवेदन प्राप्त भएपछि चैत १२ गते बसेको आयोगको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij