२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड

810
Shares

काठमाडौं– याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कुल २ लाख १० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओमा कुल ८३ हजार ४२० जनाको कुल १० लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन परेको थियो ।

जसमध्ये ६ जना आवेदकको कुल ७० कित्ताा लागि परेको आवेदन बदर भएको छ भने कुल सदर भएको ८३ हजार ३९६ जनाको १० लाख ९६ हजार २९० कित्तामा परेको आवेदनमध्ये १० कित्ताका दरले २१ हजारले सेयर पाएका छन् ।

बाँकी रहेका ६२ हजार ३९६ जनाको हात रित्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij