२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

535
Shares

काठमाडौं- काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन्। जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij