२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ४७.७१ अंकले घट्यो

नेप्से परिसूचक ४७.७१ अंकले घट्यो

750
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७१ अकंले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको २ प्रतिशत, वाणिज्य बैंक समूहको १.८६ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको १.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २६ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २३७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij