२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सूचीकृत

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सूचीकृत

805
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीको कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको शेयर दोस्रो बजारमा एसकेएचईएल संकेतमा कारोबार हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij