काठमाडौं – कृषि विकास बैंक लिमिटेडले “ग्लोबल मनी विक अभियान,२०२६” अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षर ताप्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियान मार्फत सात वटै प्रदेशका १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनीविक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जस अन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत गर्ने बानी, कर्जा लगानी, कजाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई सचेतना एवं अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरता सम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनिगर्दै आएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij