२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा रिज लाइन इनर्जीको आइपीओ सूचीकृत

नेप्सेमा रिज लाइन इनर्जीको आइपीओ सूचीकृत

755
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिज लाइन इनर्जी लिमिटेड १ करोड १८ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले दुई चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरी अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन १४ गते बाँडफाँट गरेको थियो । आईपीओ बाँडफाँट भएको करिब एक महिनामा कम्पनीको शेयर सूचीकरण भएको हो ।

चैत ११ गते कम्पनीको शेयर आरएलइएल स्टक संकेतबाट नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको छ । तेप्सेले तोकेको खुलामूल्यका आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij