२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

आज गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

900
Shares

काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि निष्काशनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।

सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ। यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij