२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोपावर कम्पनिको आईपीओ सूचीकृत

नेप्सेमा एक हाइड्रोपावर कम्पनिको आईपीओ सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार कम्पनीको कुल १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको थियो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको मूल्य दायरा (ओपनिङ रेन्ज) निर्धारण गरेको छ।

सूचीकृत भएसँगै कम्पनीको सेयर कारोबार बुधबारदेखि दोस्रो बजारमा सुरु हुने भएको छ, जसले लगानीकर्तालाई थप लगानी अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij