काठमाडौं – सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को फाइनल चैत्र २५ गते बुधबार हुने भएको छ । काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा दिँउसो ३ बजे हुने आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
६ संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ आयोजनामा हुने लागेको अवार्डमा २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भइसकेको छ ।
यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको संयोजक थापाले बताए ।
उनका अनुसार भोटिङ र निर्णायकको निर्णयको आधारमा विजेता छनोट गरिने छ ।
अवार्डमा महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, नेपाटप, अराउण्ड द हिमालयस्, ग्लोबल ट्राभल्स सर्भिस, वरेन्ज बल लगायतले प्रायोजन गरेको ।
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij