२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

950
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij