२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्काशन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्काशन गर्ने

740
Shares

काठमाडौं– चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले चैत्र २८ गते साधारणसभा आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीले सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशन गर्नको लागि गर्नु पर्ने कार्यको अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको नाम परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

त्यस्तै कम्पनीले शेयरधनीलाई चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। यो कम्पनी चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप प्रालिबाट पब्लिकमा परिणत भएपछि पहिलो पटक साधाण सभा गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij