काठमाडौं – नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड , लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड को बोनस सेयर आज सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्तको १० प्रतिशत दरको कुल १८ लाख ६८ हजार २८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, लक्ष्मी सनराइज बैंक लिमिटेडको १० प्रतिशत दरको कुल २ करोड ४३ लाख ४६ हजार ५१२ कित्ता बोनस सेयर र जीवन विकास लघुवित्तको १४ प्रतिशत दरको कुल २१ लाख ५० हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij