काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.६७ अकंले बढेर २८७७.०२ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंकको ३.१६ प्रतिशत, विकास बैंक समूहको ३.९५ प्रतिशत, फाइनान्स समूहको १.९४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij